भीएस कलेज च्याम्पियन

काठमाडौँ — टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबलमा च्याम्पियन बनेका छन् । टिम रावत ब्वाइज र भीएस गर्ल्समा विजेता भए ।

सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ स्कोरले हरायो । क्याम्पियनलाई १९–१२ ले हराउँदै भीएस तेस्रो भयो । विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे ।

गर्ल्सको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ स्कोरले पन्छायो । साइपाल ‘बी’ तेस्रो बन्यो । साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले हरायो । विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रोले ४ हजार पुरस्कार पाए । ब्वाइजमा टिम रावतका सम्राट भूमि र गर्ल्समा भीएसकी अनिता सुनुवार ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

ब्वाइजमा भीएसका राजीव आले र गर्ल्समा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर राजीवले ५१ र सम्झनाले ३१ स्कोर गरे । विजेतालाई राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान, महिला टोलीकी उपकप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले पुरस्कृत गरे । आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगद १० हजारसहित सम्मान गरेको थियो ।

प्रकाशित : माघ ४, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?