कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रत्नजितविरुद्ध प्रिन्सको अर्को जित

काठमाडौँ — सिल्क ग्रुपका प्रिन्स दाहाल सिरहाको गोलबजारमा जारी सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याकिङ्ग ब्याडमिन्टनको फाइनल पुगेका छन् ।

रत्नजितविरुद्ध प्रिन्सको अर्को जित

प्रिन्सले राष्ट्रिय वरीयताका नम्बर एक सेनाका रत्नजित तामाङमाथि २१–१४, १५–२१, २१–१५ को जित निकाल्दै फाइनल पुगेका हुन् । रत्नमाथि प्रिन्सको यो लगातार दोस्रो जित हो । लगातार आठ पटकका विजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन् । यसअघि यसै वर्ष प्रिन्सले चौतारामा भएको सर्वाधिक राशिको प्रतियोगितामा हराएका थिए । अब उनले फाइनलमा उपाधिका लागि एपीएफका दीपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१–१२, १८–२१, २१–१२ले पराजित गरे ।

महिलातर्फ १२ औं वरीयताकी जेशिका गुरुङ फाइनल प्रवेश गरिन् । एपीएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङसलदेवी तामाङलाई २१–१३, २१–१५ ले पराजित गर्दै फाइनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्ने भएकी छन् । रशिलाले सेनाकै अमिता गिरीमाथि २१–६, १८–२१, २१–१२ को जित निकालिन् 

प्रकाशित : माघ ४, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?