२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पीएसजी फेरि शीर्ष स्थानमा

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

पीएसजी फेरि शीर्ष स्थानमा

खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो ।

खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्वव्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?