३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अस्ट्रेलियाका लागि लाबुसेनको शतक

एजेन्सी

ब्रिसबेन — अस्ट्रेलियाले भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार पाँच विकेट गुमाएर २ सय ७४ बनाएको छ । मार्नस लाबुसेनको शतकमा अस्ट्रेलियाले बलियो सुरुवात लिएको हो ।

अस्ट्रेलियाका लागि लाबुसेनको शतक

लाबुसेनले १ सय ८ रन बनाए र यसमा ९ चौका सामेल थियो । दिनको खेल समाप्त हुँदा क्यामरुन ग्रिन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।

यसअघि पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाए । चार टेस्टको सिरिज १–१ रोमाञ्चक मोडमा रहेको छ ।

प्रकाशित : माघ २, २०७७ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?