१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पीएम कप आजदेखि : आर्मी र गण्डकी खेल्दै

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान) को अधीनमा हुन लागेको हो । क्यान निलम्बनमा भएको समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो प्रतियोगिताको सुरुआत गरेको थियो र त्यसयता तीन संस्करण आयोजना भइसकेका छन् ।

पीएम कप आजदेखि : आर्मी र गण्डकी खेल्दै

परिषद्कै सहयोगमा हुने यो प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । माघ १७ सम्म हुने प्रतियोगितामा सातै प्रदेश तथा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब गरी १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

समूह ‘ए’ मा आर्मी, एपीएफ, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा पुलिस, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर प्रदेश रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल माघ १४ र १५ मा तथा फाइनल माघ १७ मा हुनेछ । नकआउट चरणका सबै खेल कीर्तिपुरमा हुनेछन् ।

शुक्रबार आर्मी र गण्डकी प्रदेशका बीच खेल हुनेछ । दुई वर्षअघि पुलिसले आर्मीलाई फाइनलमा ४ विकेटले पराजित गरी उपाधि जितेको थियो । शनिबार एपीएफ र प्रदेश १ का बीच कीर्तिपुर मैदानमा खेल हुनेछ । तेस्रो दिनका खेलहरू मूलपानी मैदानमा पनि आयोजना हुनेछ । माघ ४ गते कीर्तिपुरमा पुलिस र वाग्मती तथा मूलपानीमा आर्मी र कर्णालीका बीच खेल हुनेछ ।

प्रकाशित : माघ २, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?