कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इंग्ल्यान्ड आठ रनले मात्र पछाडि

एजेन्सी

गाले — इंग्ल्यान्ड श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो स्थितिमा पुगेको छ । आफ्नो पहिलो इनिङ्स सुरु गर्दै इंग्ल्यान्डले दिनको खेल समाप्त हुँदा दुई विकेटमा १ सय २७ रन बनाएको छ । इंग्ल्यान्ड आठ रनले मात्र पछाडि रहेको छ ।

इंग्ल्यान्ड आठ रनले मात्र पछाडि

उसका लागि कप्तान जोए रुट ६६ र जोनी बेयरस्टो ४७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले नटआउट १ सय १० रनको साझेदारी गरिसकेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको श्रीलंका आफ्नो पहिलो इनिङ्समा १ सय ३५ रन मात्र बनाएर अलआउट भएको थियो । त्यसमा कप्तान दिनेश चन्डिमलले बनाएको २८ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

इंग्लिस बलरमध्ये डम बेस सर्वाधिक सफल रहे र उनले ३० रन दिएर पाँच विकेट लिए । यस्तै स्टुवार्ट ब्रडले तीन विकेट हात पारे ।

अब इंग्ल्यान्डले दोस्रो दिन पहिलो इनिङ्समा अग्रता लिएर त्यसलाई फराकिलो बनाउने प्रयास गर्नेछ ।

प्रकाशित : माघ १, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?