२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

थ्री अन थ्री बास्केटबल आजदेखि

काठमाडौँ — सूर्योदय आवासीय माविले थ्री अन थ्री बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । डिल्लीबजारस्थित विद्यालयको कोर्टमा बिहीबारदेखि ३ दिनसम्म प्रतियोगिता आयोजना हुने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उपत्यकाका विद्यालयले सहभागिता जनाउन पाउने प्रतियोगितामा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीलाई समेटेर टिम बनाउन पाइनेछ ।

‘कोरोनाका कारण हामी लामो समयदेखि कठिन स्थितिबाट गुज्रिरहेका छौं । हामीले विद्यालय सुरु गरिसकेका छौं । विद्यार्थी र अभिभावककै अनुरोधमा अतिरिक्त क्रियाकलापस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ आयोजक सूर्योदय एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा प्याब्सनका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘विश्व स्वास्थ्य संगठनले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी प्रतियोगिता आयोजना गर्न लागेका हौं । कोरोना कालपछि खेलकुद चलायमान बनाउनका लागि पनि यो प्रतियोगिताले सकारात्मक भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

प्रतियोगितामा ४८ भन्दा बढी विद्यालयका टोलीको सहभागिता रहनेछ । छात्रतर्फ ३२ र छात्रातर्फ १६ टोली रहने प्रतियोगिताको छात्रतर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । छात्रातर्फ उपाधि विजेतालाई १५ हजार, उपविजेतालाई ८ हजार र तेस्रो हुने टिमलाई ४ हजार प्रदान गरिनेछ । दुवै विधामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोर गर्नेले २–२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : माघ १, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?