१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उपाधि होडमा म्यानचेस्टर सिटी पनि

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग उपाधिको होडमा म्यानचेस्टर सिटी पनि सामेल भएको छ । यसका लागि उसले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हरायो । इतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी फिल फोडेनले निर्णायक गोल गरे ।

उपाधि होडमा म्यानचेस्टर सिटी पनि

यो नतिजापछि सिटी यस सिजनमै पहिलोपल्ट अंक–तालिकाको शीर्ष तीन स्थानमा पनि उक्लेको छ । सबैखाले प्रतियोगितामा सिटीको यो लगातार सातौं जित हो । यस्तै पछिल्ला १४ खेलमा सिटी अपराजित रहेको छ । सिटीको अब १६ खेलबाट ३२ अंक भएको छ । उसका अगाडि म्यानचेस्टर युनाइटेड ३६ र लिभरपुल ३३ अंकमा छन् ।

बुधबारकै अर्को खेलमा फुलहमले टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । ह्यारी किनको गोलले अग्रता लिएको टोटनहमविरुद्ध फुलहमका लागि इभान काभालेरोले बराबरी गोल फर्काए । टोटनहम ३० अंकसाथ छैटौं स्थानमा रह्यो भने फुलहम १२ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित : माघ १, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?