कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

म्यानचेस्टर शीर्ष स्थानमा उक्लियो

एजेन्सी

लन्डन — पउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति बर्नलीलाई १–० ले हराएको छ । यससँगै टोली अंक–तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । सन् २०१२ को डिसेम्बरयता म्यानचेस्टर अंकतालिकाको शीर्ष स्थानमा पुगेको यो पहिलोपल्ट हो ।

म्यानचेस्टर शीर्ष स्थानमा उक्लियो

त्यस सिजन म्यानचेस्टरले एलेक्स फर्गुसनको नेतृत्वमा लिग जितेको थियो । म्यानचेस्टरको १७ खेलबाट ३६ अंक भएको छ । यो दोस्रो स्थानमा झरेको लिरभपुलभन्दा तीन अंकको अग्रता हो । मंगलबारको अर्को खेलमा एभरटनले उल्भ्सलाई २–१ ले हराई चौथो स्थानमा पुग्यो । उसको ३२ अंक भएको छ ।

गोल अन्तरले समान ३२ अंकसाथ लेस्टर सिटी तेस्रो स्थानमा छ । यस्तै सेफिल्डले सिजनको पहिलो लिग जित हात पार्न न्युकासल युनाइटेडलाई १–० ले हरायो । सेफिल्डको पाँच अंकसाथ अझै पुछारमा छ । सब्स्टिच्युट बिली सार्पले खेलको एक मात्र गोल गरे । लिगमा खेलेका १८ खेलमा सेफिल्डको यो पहिलो जित हो ।

प्रकाशित : पुस २९, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?