गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

प्रकाशित : पुस २८, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल

प्रतीक्षा काफ्ले

कास्की — नेकपाका अध्यक्ष माधवकुमार नेपालले चुनाव चिन्ह सूर्य आफूले नै ल्याएको दाबी गरेका छन् । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए ।

अहिले चुनाव चिन्ह ओली कि दाहाल-नेपालतिर भन्ने विवाद भइरहँदा पार्टीको बहुमतको आधारमा पनि आधिकारिक पार्टी आफूहरु नै भएकाले चुनाव चिन्ह सूर्य पनि आफ्नै हुने उनको भनाइ थियो ।

नेकपा (दाहाल–नेपाल) पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्न मंगलबार पोखरा आएका नेपालले सूर्य चिन्ह चाहेर पनि कसैले खोस्न नसक्ने बताएका छन् । केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको बताउँदै उनले भने, ‘केपी भाँचिन तयार छन् तर, सच्चिन चाहनन् ।’

पार्टीमा बहुमत पुर्‍याउँछु भन्दै सडकमा हिँड्नेलाई पनि केन्द्रीय सदस्य बनाउँदैमा ओलीले नेकपा आधिकारिक पार्टी बनाउन नसक्ने अध्यक्ष नेपालले ठोकुवा गरे । ओलीमा कम्युनिष्ट भावना नै नरहेको बताउँदै उनले आफूहरु नबिराएकाले नडराई संघर्षको मैदानमा उत्रिएको बताए । पार्टी एकताका लागि संघर्ष जरुरी रहेको उनको भनाइ थियो । ‘पार्टीमा संघर्ष चलिरहन्छ’, उनले भने, ‘ओलीलाई पनि वर्षौदेखि चिन्छु । उनी अहिलेमात्र होइन पहिलेदेखि नै स्वार्थी र छलकपट हुन् । उनलाई आफ्नो स्वार्थबाहेक अरु मतलब छैन ।’

आफू महासचिव हुँदादेखी नै ओली पिछा लागेको भन्दै नेपालले ओली पदको लागि सीपी मैनालीको पनि पिछा लागेको बताए । ओली व्यक्तिवादी र गुटवादीका कारण पार्टीभित्र जहिलै समस्या उत्पन्न उनले बताए । ‘पावरमा पुगेपछि उनमा अहंकार भरियो’, नेपालले भने, ‘उनको अहंकार अब धेरै टिक्दैन । गुप्तचर होस् या सम्पति सुदृढीकरण सबै आफ्नै अन्डरमा ल्याए । उनलाई पावरमात्र चाहिएको छ । उनमा इमान्दारिता छैन ।’

उखान टुक्काले जनताका ताली पाउने कामबाहेक ओलीले जनताको हितमा कुनै काम नगरेको तर्क उनको थियो । डिएनए टेस्ट गर्दा आफूसँग मेल खाएका व्यक्ति बोक्ने प्रचलनले ओलीले मुलुकलाई नै द्वन्द्वमा धकेलेको उनले बताए । ओलीको एकलकाँटे प्रवृत्तिलाई अन्त्यकोा लागि बहस गर्न जरुरी रहेको उनले बताएका छन् । ४४० केन्द्रीय सदस्यमध्ये ओलीका जम्मा ११८ सदस्य रहेको बताउँदै नेपालले ओली अल्पमतमा परेपछि पार्टीभित्र टुटफुटको समस्या देखिएको उनको भनाइ छ । उनले बाटो बिराएर हिँडेका ओलीलाई अझै पनि समय रहेको भन्दै फर्किन आग्रह गरेका छन् ।

प्रकाशित : पुस २८, २०७७ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×