भलिबलकी अरुणा शाहीले जितिन् पिपुल्स च्वाइस अवार्ड

काठमाडौँ — भलिबलकी अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । उनी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान पनि हुन् ।

भलिबलकी अरुणा शाहीले जितिन् पिपुल्स च्वाइस अवार्ड

ई-सेवा मार्फतको भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरुले दिएको मतको आधारमा शाहीले सार्वधिक मत हासिल गरेर अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले १६० सीसीको पल्सर पनि पाएकी छन् ।

यो अवार्डको मनोनयनमा कराँतेका मण्डेकाजी श्रेष्ठ,बास्केटबलकी सदिना श्रेष्ठ,पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका थिए ।

प्रकाशित : पुस २८, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?