पारा एथ्लिट अवार्ड दिगमसिंह चेम्जाेङलाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारा एथ्लिट अवार्ड दिगमसिंह चेम्जाेङलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको पारा एथ्लिट अवार्ड ह्वीलचियर बास्केटबल र क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङ भएका छन् । 

टेबलटेनिस खेलाडी समेत रहेका चेम्जोङलाई यस वर्षको प्यारा एथ्लिट अवार्ड पल्सर स्पोर्टस अवार्डबाट पुरस्कृत गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा कतारमा दुर्घटना भएपछि अशक्त भएका उनी स्वदेश फर्केर प्यारा खेलकुदमा संलग्न हुँदै आएका छन् ।

प्रकाशित : पुस २८, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

उत्कृष्ट प्रशिक्षक बने तेक्वान्दोका नवीन श्रेष्ठ

नएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड
कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक भएका छन् । १३औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जिताउन सफल प्रशिक्षक श्रेष्ठलाई १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।

उनीसँगै करातेका मदन उप्रेती,पौडीका शंकर कार्की,उसुका अमर थिङ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए ।

१३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन् भने राष्ट्रिय भलिबल टोली टिम अफ द इयर बनेका छन् ।

प्रकाशित : पुस २८, २०७७ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×