


काठमाडौँ — तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक भएका छन् । १३औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जिताउन सफल प्रशिक्षक श्रेष्ठलाई १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।

उनीसँगै करातेका मदन उप्रेती,पौडीका शंकर कार्की,उसुका अमर थिङ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए ।
१३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन् भने राष्ट्रिय भलिबल टोली टिम अफ द इयर बनेका छन् ।
प्रकाशित : पुस २८, २०७७ १७:१९