राष्ट्रिय महिला भलिबल टोलीलाई टिम अफ द इयर अवार्ड- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय महिला भलिबल टोलीलाई टिम अफ द इयर अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय महिला भलिबल टोलीलाई टिम अफ द इयर अवार्डबाट पुरस्कृत गरिएको छ ।

१७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

भलिबल टोलीले १३ औं सागमा राजत पदक जितेको थियो । २०७६ को कात्तिकमा बंगलादेशमा आयोजित एसियाली सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेको थियो ।

प्रकाशित : पुस २८, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।


शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता थियो ।

विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्क्योल हुनुपर्ने बताउँदै आएका थिए ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यहीअनुसार पठनपाठन भइरहेको छ । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस्ः

नयाँ पाठ्यक्रमले कक्षा ११ मा अन्योल

प्रकाशित : पुस २८, २०७७ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×