वर्षको उत्कृष्ट युवा खेलाडी बने गल्फका सुवास तामाङ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

काठमाडौँ — १३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन् ।

वर्षको उत्कृष्ट युवा खेलाडी बने गल्फका सुवास तामाङ

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा मंगलबार १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा तामाङलाई वर्षको उत्‍कृष्ट खेलाडी घोषणा गरिएको हो ।

उनले नगद ५० हजार पुरस्कार पाएका छन् । उनीसँगै तेक्वान्दोका भुपेन श्रेष्ठ, सीना मादेन लिम्बू,जुडोकी पुनम श्रेष्ठ,भारत्तोलनकी सन्जु चौधरी मनोनयनमा परेका थिए । मनोनयनमा परेका सबै सागका स्वर्णधारी खेलाडी हुन् ।

प्रकाशित : पुस २८, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?