कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डबल ब्याडमिन्टनको उपाधि बुढा र थापालाई

हरि गौतम

रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता अनिल बुढा र ध्रुवविक्रम थापाको जोडीले जितेको छ ।

डबल ब्याडमिन्टनको उपाधि बुढा र थापालाई

मुसीकोट नगरपालिका–१, खलंगास्थित बालमन्दिर परिसरमा सोमबार भएको फाइनलमा सानीभेरी गाउँपालिकाका कविन्द्र पुन र हेमन्त रोकायको जोडीलाई २–० को सोझो सेटमा हराउँदै उनीहरु पहिलो भएका हुन् ।

विजेता जोडीले २१ हजार १ सय २१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कविन्द्र र हेमन्तको जोडीले ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । सोमबारै भएको पहिलो सेमिफाइनलमा विशाल विष्ट र अविनाश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अनिल र ध्रुवको जोडी फाइनल प्रवेश गरेको थियो । डम्बर थापा र भावेश बोहरालाई २–० कै सोझो सेटमा हराएर कविन्द्र र हेमन्त फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलसम्म पुग्ने विशाल र अविनाश तथा डम्बर र भावेशको जोडीले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी ध्रुवविक्रम थापा र इमर्जिङ प्लेयर गोपाल कठायत भए ।

सिर्जनशील युवा सञ्जालले आयोजना गरेको प्रतियोगितामा रुकुम पश्चिम, पूर्व, जाजरकोट, रोल्पा र सल्यानका गरी ५४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । ब्याडमिन्टन खेलको प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल विष्टले बताए ।

प्रकाशित : पुस २७, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?