कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अस्ट्रेलियालाई भारतले रोक्यो, तेस्रो टेस्ट बराबरी

एजेन्सी

सिड्नी — अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट सोमबार पाँचौं दिन बराबरीमा टुंगिएको छ । जितका लागि ४ सय ७ रनको कठिन लक्ष्य पाएको भारतले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर ३ सय ३४ रन बनायो ।

अस्ट्रेलियालाई भारतले रोक्यो, तेस्रो टेस्ट बराबरी

भारतका लागि हनुमा बिहारीले २३ र रविचन्द्रन आश्विनले ३९ रन बनाए । उनीहरूले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।

बिहारीले चोटसँग संघर्ष गर्दै बहादुरीपूर्वक ब्याटिङ गरे । पाँचौं दिनको सुरुमा आक्रामक रहेको भारतले अन्त्यतिर भने बराबरीका लागि खेले ।

यसअघि पाहुना टिमका लागि रिसव पन्तले ९७ रन बनाए र शतक बनाउनबाट तीन रनले चुके । यस नतिजासँगै चार टेस्टको सिरिज १–१ को बराबरीमा रह्यो ।

अब चौथो तथा निर्णायक टेस्टमा रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २७, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?