कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत ठूलो लक्ष्य पछ्याउँदै

एजेन्सी

सिड्नी — भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा जितका लागि आइतबार ठूलो लक्ष्य पछ्याउने चुनौती पाएको छ ।

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत ठूलो लक्ष्य पछ्याउँदै

जितका लागि ४ सय ७ रन पछ्याइरहेको भारतले चौथो दिनको खेल समाप्त हुँदा दुई विकेट गुमाएर ९८ रन बनाएको छ । भारत अझै ३ सय ९ रनले पछाडी छ ।

पाहुना टिमका लागि कप्तान अजिन्के रहाने चार र चेतेश्वर पुजारा नौ रन बनाएर खेलिरहेका छन् । यसअघि रोहित शर्माले ५२ र शुभमन गिलले ३१ रन बनाएका थियो । अस्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय १२ रनमा आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ८४ र स्टिभ स्मिथ ८१ रन बनाएका थिए । भारतीय बलरमध्ये नवदीप सैनी र रविचन्द्र आश्विनले दुई दुई विकेट लिएका छन् । भारतले अब टेस्टमा हार टार्ने भने हो पूरा पाँचौं दिन ब्याटिङ गर्नु पर्नेछ ।

प्रकाशित : पुस २६, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?