कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीवनले जिते गल्फ उपाधि

काठमाडौँ — जीवन लिम्बुले शनिबार तेस्रो वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा भएको वार्सटाननर गल्फमा उनले ४२ अंक बटुलेका थिए । प्रतियोगिता ३/४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो ।

जीवनले जिते गल्फ उपाधि

त्यसमा एसएसपी अशोक सिंह ४० अंकसहित उपविजेता भए । हृदेशकुमार सिंह ३२ अंक बटुल्दै ग्रस विजेता बने । भने अर्सिया बानुले ३५ अंकसहित महिलातर्फ उपाधि जितिन् । कल्याणी मोक्तान उपविजेता भइन् ।

सिनियरतर्फ दिलीपजंग रायमाझीले उपाधि जित्दा प्रज्वल शम्शेर राणा उपविजेता भए । सोनाम लामाले मोस्ट बर्डिजको अवार्ड जिते भने मिथुन राईले लङ्गेस्ट ड्राइभमा सफल भए । रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले क्लोजेस्ट टु द पिन अवार्ड जितेका भने बेस्ट स्पोर्ट्सम्यानसिपको अवार्ड कृष्णचन्द्र कायस्थले जिते ।

विजेतालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक शशिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए । विभिन्न विधाका ११ विजेतालाई वार्सटाइनर ट्रफी र आकर्षक टुर प्याकेज प्रदान गरिएको थियो ।


प्रकाशित : पुस २६, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?