कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बार्सिलोना विजयी, रियल बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा अपराजित यात्रालाई शनिबार आठ खेलसम्म पुर्‍याएको छ । लियोनल मेसी र एन्टोन ग्रिजमनको दुई–दुई गोलमा बार्सिलोनाले ग्रेनेडालाई माथि ४–० सजिलो जित निकाल्यो ।

बार्सिलोना विजयी, रियल बराबरीमा रोकियो

ग्रिजमनले १२औं मिनेटमा गोलको खाता खोलेपछि ६३ औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । यसबीच मेसीले ३५ र ४२ औं मिनेटमा गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकसाथ तेस्रो स्थानमा उक्लेको छ ।

रियल म्याड्रिड ३७ अंकसाथ दोस्रो स्थानमा छ । उसले शनिबारको अर्को खेलमा ओसासुनासँग निराशाजनक गोलरहित बराबरीमा चित्त बुझायो । यस्तै सेभियाले रियल सोसिडाडलाई ३–२ ले हरायो ।

लिगको सुरुआतमा राम्रो प्रदर्शन गरेको सोसिडाड यो हारपछि ३० अंकसाथ पाँचौं स्थानमा रह्यो । एटलेटिको म्याड्रिड र एथलेटिको बिलबाओबीचको खेल भने खराब मौसमका कारण रद्द गरिएको छ ।

प्रकाशित : पुस २६, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?