शीर्षमा मिलानको चार अंकको अग्रता

एजेन्सी

मिलान — इटालीको सिरी एमा एसी मिलानले  शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता खोलेको छ । चोटबाट मुक्त भएका ज्लाटन इब्राहिमोभिचलाई मैदानमा स्वागत गरेको मिलानले टुरिनोमाथि २–० को सजिलो जित निकाल्यो ।

शीर्षमा मिलानको चार अंकको अग्रता

खेलको अन्त्यतिर स्विडेनी खेलाडी सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका थिए । मिलानका लागि गोल गर्ने खेलाडी भने राफेल लियो र फ्रान्क केसी रहे ।

मिलानको यो जितपछि १७ खेलबाट ४० अंक भएको छ । इन्टर मिलान ३६ अंकमा दोस्रो स्थानमा छ । शनिबारकै अर्को खेलमा जेनोआले बोलोग्नालाई २–० ले हरायो ।

प्रकाशित : पुस २६, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?