कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलिया १ सय ९७ रनले अगाडि

एजेन्सी

सिड्नी — अस्ट्रेलिया भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार बलियो स्थितिमा पुगेको छ । अस्ट्रेलियाली टिम १ सय ९७ रनले अगाडि छ । दिनको खेल समाप्त हुँदा घरेलु टिमले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर १ सय ३ रन बनाएको छ ।

अस्ट्रेलिया १ सय ९७ रनले अगाडि

उसका लागि मार्नस लबुसचेन ४७ र स्टिभ स्मिथ २९ रन बनाएर खेलिरहेका छन् । उनीहरूले ६८ रनको साझेदारी गरिसकेका छन् । यसअघि भारत आफ्नो पहिलो इनिङ्समा २ सय ४४ रन बनाएर अलआउट भएको थियो ।

त्यसमा अघिल्लो दिन नटआउट रहेका चेतेश्वर पुजाराले ५० रन बनाए भने ऋषभ पन्तले ३६ रन जोडे । उनीहरू आउट भएपछि भारतले लगातार विकेट गुमाएको थियो । रवीन्द्र जडेजा २८ रन बनाएर नटआउट रहे ।

प्याट कमिन्स सबैभन्दा सफल बलर रहे र उनले चार विकेट लिएका छन् । टेस्टमा अब दुई दिन बाँकी छ र अस्ट्रेलियाले जितका लागि आधार तयार पार्ने प्रयास गर्नेछ । चार टेस्टको सिरिज १–१ को रोमाञ्चक बराबरीमा छ ।

प्रकाशित : पुस २५, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?