शिव र निर्मलालाई हाफ म्याराथनको उपाधि

अमृता अनमोल

बुटवल — बुटवलमा सम्पन्न हाफ म्याराथन प्रतियोगिताको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् । उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा २१ किलोमिटर दूरी  पूरा गर्दै उपाधि हात पारेका हुन् । 

शिव र निर्मलालाई हाफ म्याराथनको उपाधि

सामरिक र ऐतिहासिक जितगढी किल्ला आक्रमणमा आएका तत्कालीन ब्रिटिस सेनामाथि विजयको दिनको सम्झना गर्दै मध्यपश्चिम पृतना हेडक्र्वाटर बुटवलले शनिबार २१ किलोमिटर दूरीको म्याराथन गराएको थियो । यसैगरी नारायण दल गण कपिलवस्तुका सुभाष कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । बिन्दवासिनी बहिनी चन्द्रौटाका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

महिलातर्फ गरुड दल बुटवलकी निर्मला केसीले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गर्दै उपाधि हात पारिन् । सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन् । गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भईन् ।

प्रथम, द्वितीय र तृतीयहरुले क्रमश: नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

विजेतालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेपाली सेनामध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापालगायतले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : पुस २५, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?