मेसी चम्केपछि बार्सिलोना विजयी

एजेन्सी

म्याड्रिड — लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एथलेटिक बिलबाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यससँगै टोली अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

मेसी चम्केपछि बार्सिलोना विजयी

एथलेटिकले विलियमको गोलमा सुरुआती अग्रता लिएयता पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसयता मेसीले दुई गोल गरे । इकेर मुनियनले एथलेटिकका लागि अन्त्यतिर एक गोल फर्काए ।

यो जितपछि रोनाल्ड कोम्यानको बार्सिलोनाको ३१ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग पाँच अंकको दूरी हो । एटलेटिको म्याड्रिड भने ३८ अंकसाथ शीर्ष स्थानमा छ ।

प्रकाशित : पुस २३, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?