कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइटेडलाई हराएर सिटी लिगकपको फाइनलमा

रोयटर्स

लन्डन — म्यानचेस्टर सिटीले बुधबार लगातार चौथो पल्ट लिगकपको फाइनल यात्रा तय गरेको छ । उसले म्यानचेस्टर युनाइटेडलाई सजिलै २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

युनाइटेडलाई हराएर सिटी लिगकपको फाइनलमा

पेप ग्वार्डिओलाको टिमका लागि ओल्ड ट्रायफोर्डमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा जोन स्टोन्स र फर्नान्डिन्होले गोल गरे । अब सिटीले फाइनलमा जोसे मोउरिन्होको टोटनहमको सामना गर्नेछ ।

वेम्बलीमा अप्रिल २५ मा फाइनलमा सिटी लगातार चौथो पल्ट लिगकप जित्ने अभियानमा हुनेछ । अर्कोतर्फ म्यानचेस्टर भने कप सेमिफाइनलमा रोकिएको यो लगातार चौथो अवसर हो ।

प्रकाशित : पुस २३, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?