१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

टोटनहम लिगकपको फाइनलमा

रोयटर्स

लन्डन — टोटनहमले मंगलबार लिगकपको फाइनल यात्रा तय गरेको छ । उसले दोस्रो डिभिजनको क्लब ब्रेन्टफोर्डलाई २–० ले हरायो र त्यसमा मोउसा सिसोको र सन ह्युङ–मिनले गोल गरे ।

टोटनहम लिगकपको फाइनलमा

अब अप्रिलमा हुने फाइनलमा टोटनहमको सामना म्यानचेस्टर युनाइटेड अथवा म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग हुनेछ ।

लन्डन क्लब ब्रेन्टफोर्ड ठूलो प्रतियोगिताको सेमिफाइनल पहिलो पल्ट लिगकप खेलिरहेको थियो । फ्रान्सेली मिडफिल्डर सिसोकोले १२ औं मिनेटमा टोटनहमका लागि पहिलो गोल गरे । जोसे मोउरिन्होको टिमका लागि लयमा रहेका दक्षिण कोरियाली खेलाडी ह्युङ–मिन ७० औं मिनेटमा दोस्रो गोल थपे ।

टोटनहमले लिगकप चार पल्ट जितिसकेको छ, तर सन् २००८ को यही प्रतियोगिताको फाइनलमा चेल्सीलाई हराएयता कुनै ठूलो उपाधि जित्न सकेको छैन । फाइनल वेम्बलीमा अप्रिल २५ मा हुनेछ । दर्शकको प्रवेशको सम्भावना कायम राख्न फाइनल पछाडि सारिएको हो । बुधबार दुई म्यानचेस्टर क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रकाशित : पुस २२, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?