२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

दक्षिण अफ्रिका तीन दिनभित्र १० विकेटले विजयी

एजेन्सी

जोहानसबर्ग — दक्षिण अफ्रिकाले श्रीलंकालाई मंगलबार दोस्रो टेस्टमा तीन दिनभित्र १० विकेटले पराजित गरेको छ । यससँगै घरेलु टिमले दुई टेस्टको शृंखला २–० ले जितेको छ । दक्षिण अफ्रिकी प्रशिक्षकका रूपमा यो मार्क बाउचरको पहिलो जित हो ।

दक्षिण अफ्रिका तीन दिनभित्र १० विकेटले विजयी

दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्समा जितका लागि ६७ रनको लक्ष्य पाएकोमा त्यसलाई बिना कुनै विकेटको क्षति १३.२ ओभरमा पूरा गरेको थियो । श्रीलंका भने आफ्नो दोस्रो इनिङ्समा २ सय ११ रन बनाएर अलआउट भएको थियो ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान दिमुथ करुनारत्नेले १ सय ३ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । श्रीलंका आफ्नो पहिलो इनिङ्समा १ सय ५७ रनमा समेटिएपछि दबाबमा आएको थियो र त्यसयता उसले स्थिति सम्हाल्न सकेन् ।

दक्षिण अफ्रिकाले त्यसका जवाफमा ३ सय २ रन जोडेको थियो । श्रीलंकाले पहिलो टेस्टमा पनि एक इनिङ्स र ४५ रनको हार बेहोरेको थियो । दोस्रो टेस्टमा पनि श्रीलंका ठूलो अन्तरको जितबाट जोगिन सकेन ।

प्रकाशित : पुस २१, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?