कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लिभरपुल साउथह्याम्पटनसँग पराजित

रोयटर्स

साउथह्याम्पटन — ड्यानी इन्ग्सले दोस्रो मिनेटमा गरेको उत्कृष्ट गोलमा साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिगमा सोमबार अंक तालिकाको शीर्षमा रहेको लिभरपुललाई १–० ले हराएको छ । यो नतिजाले लिग उपाधिको होड खुल्ला भएको छ ।

लिभरपुल साउथह्याम्पटनसँग पराजित

खेलमा लिभरपुलको आक्रमण धारिलो रहेन र लगातार दोस्रो खेलमा टिम गोल गर्न असफल रह्यो । चोटग्रस्ट खेलाडीले सताइरहेको लिभरपुलले मध्यपंक्तिमा कामचलाउ जोर्डन हेन्डरसन र फाबिन्होको जोडी उतारेको थियो ।

खेलको एक मात्र गोल भने लिभरपुलका पूर्व खेलाडीकै नाममा रह्यो । इन्ग्स सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन गएका थिए । यो जितपछि साउथह्याम्पटन छैटौं स्थानमा उक्लेको छ र उसको २९ अंक भएका छ ।

लिभरपुलको ३३ अंक छ र अझै शीर्ष स्थानमा छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि लिभरपुल गोल अन्तरले मात्र अगाडि रहेको हो । म्यानचेस्टरले एक खेल पनि कम खेलेको छ ।

प्रकाशित : पुस २१, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?