१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लिड्सलाई हराएर टोटनहम तेस्रोमा

रोयटर्स

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई सजिलै ३-० ले हराएको छ ।

लिड्सलाई हराएर टोटनहम तेस्रोमा

जितसँगै टोटनहम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जोसे मोउरिन्हो टिमको १६ खेलबाट २९ अंक भएको छ ।

टोटनहमको मैदानमा भएको खेल पूर्णत: घरेलु टिमको पक्षमा रह्यो । उसका लागि ह्यारी केनले पेनाल्टीबाट गोलको खाता खोले । उनकै पासमा ह्वेङ मिन–सनले दोस्रो गोल थपे ।

तेस्रो गोल टोबी एल्डरवायल्डको नाममा रह्यो र यसका लागि मिन–सनले पास उपलब्ध गराए ।

पराजित लिड्स २३ अंकमा ११ औं स्थानमा रहेको छ ।

प्रकाशित : पुस १८, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?