दक्षिण अफ्रिका इनिङ्स अन्तरले विजयी

(एजेन्सी)

सेन्चुरियन — दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको पहिलो टेस्ट मंगलबार एक इनिङ्स र ४५ रनले जितेको छ । टेस्टको चौथो दिन श्रीलंका आफ्नो दोस्रो इनिङ्समा १ सय ८० रन बनाएर अलआउट भयो । यसअघि दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ६ सय २१ रनको विशाल स्कोर खडा गरेको थियो ।

दक्षिण अफ्रिका इनिङ्स अन्तरले विजयी

पहिले ब्याटिङ गरेका श्रीलंकाले ३ सय ९६ रन बनाएको थियो । पाहुना टिमका लागि दोस्रो इनिङ्समा कुशल परेराले बनाएको ६४ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै विनिन्डु हसरन्गाले ५९ रन बनाए ।

खेलको म्यान अफ द म्याच फाफ डे फ्लसिस रहे । उनले १ सय ९९ रन बनाएर दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

प्रकाशित : पुस १४, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?