कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुदूरपश्चिमको विजयी सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट
दुर्गालाल केसी

दाङ — लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरी विजयी यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको विजयी सुरुवात

खेलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सीमित हुन पुग्यो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहँदै ६ रन जोडिन् ।

बलिङमा सुदूरपश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । टिमले उक्त योगफल खडा गर्ने क्रममा ओपनर ब्याट्सवुमन रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाएकी थिइन् । यस्तै, रेवती बाहेक कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याट्सवुमन मञ्जु बोगटीले १० रन र रुबी पोद्दारले ५ रन बनाएकी थिइन् ।

बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३–३ विकेट हात पारे । अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन् । खेलमा सुदूरपश्चिमकी रेवती धामी प्लेयर अफ द म्याच भएकी थिइन् । अहिले दोस्रो खेल प्रदेश १ र वाग्मती प्रदेशबीच भइरहेको छ ।

प्रतियोगितामा समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा एपीएफले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ भने लुम्बिनीले समूह ‘बी’ को विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ ।

प्रकाशित : पुस १४, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?