पाकिस्तान हार टार्न संघर्ष गर्दै

एजेन्सी

माउन्ट मनगुनई — पाकिस्तान न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको चौथो दिन मंगलबार हार टार्न संघर्षरत छ । जितका लागि ३ सय ७३ रनको लक्ष्य पाएको पाकिस्तानले दिनको खेल टुंगिँदा तीन विकेट गुमाएर ७१ रन बनाएको छ ।

पाकिस्तान हार टार्न संघर्ष गर्दै

पाकिस्तानका लागि फवाद आलम २१ र अजर अलि ३४ रन बनाएर खेलिरहेका छन् । पाहुना टिम अझै पनि ३ सय २ रनले पछाडि छ । उसले हारबाट जोगिन मंगलबार अन्तिम तथा पाँचौं दिन कडा संघर्ष गर्नुपर्नेछ ।

न्युजिल्यान्डले यसअघि आफ्नो दोस्रो इनिङ्स पाँच विकेट गुमाएर १ सय ८० रनमा टुंगेको घोषणा गरेको थियो ।


प्रकाशित : पुस १४, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?