कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बी डिभिजन लिगका बाँकी खेल फागुनमा

काठमाडौँ — कोरोना भाइरसको महामारीको कारण गत चैतमा स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिगका बाँकी खेलहरू फागुन ११ देखि सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बी डिभिजन लिगका बाँकी खेल फागुनमा

क्लबहरूसँगको छलफलपछि बुधबार एन्फाले राजधानीको दोस्रो श्रेणीको लिग सुचारु गर्ने निश्चित गरेको हो ।

एन्फाका लिग कमिटिका निर्देशक सञ्जिव मिश्रले भने, ‘लिगमा सहभागी क्लबहरूलाई एन्फाले तयारी खर्चबाहेक थप आर्थिक सहयोग गर्ने छ भने लिगकै दौरान खेलाडीलाई कोरोना संक्रमण भएमा आइसोलेसनमा राख्नेलगायत उपचार खर्च पनि एन्फाले गर्ने गरी स्थगित भएको बी डिभिजन लिग फागुन ११ देखि पुन : सञ्चालन गर्ने क्लबहरूसँग सहमति भयो ।’ महामारीको कारण लिग रोकिनुअघि अन्तिम खेलमा सातदोबाटो युथ क्लब र झम्सीखेलले १–१ को बराबरी गर्दै अंक बाँडेका थिए । दर्जन टिम सहभागी लिगमा ३२ खेल सकियो भने बाँकी ३४ खेलको प्रतिस्पर्धा फागुन ११ मा सुरु हुनेछ ।

लिगमा सातदोबाटो र खुमलटार अपराजित छन् । सातदोबाटो ६ खेलबाट १६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको खुमलटारले १३ अंक बनाएको छ । बाँसबारी (५ खेलमा ११ अंक), नयाँबस्ती (५ खेलमा ८), ब्वाइज युनियन (६ खेलमा ८) र टुसाल (५ खेलमा ८) शीर्ष ६ स्थानमा छन् । आरसीटीले ६ (६ खेल), झम्सीखेलले ६ (६ खेल), श्री भगवतीले ५ (५ खेल) अंक जोडेका छन् भने ५–५ खेल खेलेका श्री कुमारीले ३, पुल्चोक स्पोर्ट्सले १ र मध्यपुर युथले १ अंक हासिल गरेका छन् । यसबाट च्याम्पियन टिम ए डिभिजनमा उक्लिनेछ भने पुछारको एक टिम तेस्रो श्रेणीमा झर्नेछ ।

गत चैत २८ मा सुरु हुने तय गरिएको सी डिभिजन लिग पनि महामारीकै कारण स्थगित भएको थियो, जुन सञ्चालनको लागि एन्फाले बिहीबार क्लबहरूसँग छलफल गर्दैछ । तेस्रो श्रेणीमा १४ टिम छन् ।

प्रकाशित : पुस ८, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?