कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पारस खड्का टिम आबुधाबीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ नियुक्त

काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन् । उनलाई टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा नियुक्त गरेको हो ।

पारस खड्का टिम आबुधाबीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ नियुक्त

अघिल्लो सिजन टिम आबुधाबीबाटै टी–१० लिग खेलेका पारसले यस वर्ष भने कोचिङ टिममा जिम्मेवारी पाएका हुन् । यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने भएका छन् । टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डोलगायतका खेलाडी रहेका छन् ।

टिम आबुधाबीले सामाजिक सञ्जालमार्फत पारस खड्कालाई मेन्टरमा नियुक्त गरिएको जानकारी दिँदै एसोसियटतर्फ दशककै उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेकोमा पनि बधाई दिएको छ ।

टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस ४, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?