३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिभरपुलका पूर्व व्यवस्थापक हुलियरको निधन

एजेन्सी

पेरिस — लिभरपुलका पूर्व फ्रान्सेली व्यवस्थापक जेरार्ड हुलियरको सोमबार निधन भएको छ ।

लिभरपुलका पूर्व व्यवस्थापक हुलियरको निधन

उनी ७३ वर्षका थिए र पछिल्लो समय बिरामी थिए । केही दिन अगाडि मात्र उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

हुलियर फ्रान्सेली राष्ट्रिय टिमका प्रशिक्षक समेत रहे । यस्तै उनले पेरिस सेन्ट जर्मेन र लियोन पनि सम्हाले । सन् १९९८ मा लिभरपुल आएका हुलियर क्लब समर्थक माझ निकै लोकप्रिय छन् ।

विश्व फुटबलमा फ्रान्सको पुनर्उदयका लागि उनीलाई श्रेय दिइन्छ । उनले फ्रान्सेली फुटबल एकेडेमी स्थापनामा मुख्य निर्वाह गरेका थिए । त्यसकै उत्पादनले गरिएको टिमले सन् १९९८ मा विश्वकप र सन् २००० मा युरोपेली च्याम्पियनसिप जितेको थियो ।

प्रकाशित : मंसिर २९, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?