कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पूर्वकप्तान खड्का कोरोना भाइरस संक्रमित

रासस

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफू कोरोनाबाट संक्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।  

पूर्वकप्तान खड्का कोरोना भाइरस संक्रमित

पूर्वकप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । आजै उनमा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्वकप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा संक्रमित भएका हुन् ।

प्रकाशित : मंसिर २६, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?