१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पथरी प्रिमियर लिग फुटबल सुरु

विनोद भण्डारी

विराटनगर — बिहीबारदेखि मोरङको पथरीमा प्रिमियर लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय युवाको आयोजनामा भएको हिम हाउस हाईवे र शिखर फुटबल क्लबबीचको उद्घाटन खेल २–२ गोलको बराबरीमा टुंगिएको छ ।

खेलको पहिलो हाफमा दुई गोलले अग्रता लिएको हाइवेले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा उसले अंक बाँडेको थियो । खेलको २८ औं मिनेटमा हाइवेका किमजो धिमालले र पहिलो हाफको अतिरिक्त समयमा अमर याख्खाले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा कमजोर प्रर्दशन गरेको शिखर फुटबल क्लबले दोस्रो हाफमा खेलमा फर्कदै खेललाई बराबरीमा ल्यायो । उसका बम्फे धिमालले ६० औं मिनेटमा र सौर्य राउतले खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई हारवाट जोगाएका थिए ।

खेलको म्यान अफ द म्याच शिखर फुटबल क्लबका सौर्य राउत भए । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ७५ हजार र उपविजेताले ७५ हजार पुरस्कार पाउने छन् ।

शुक्रबार समूह बी अन्तर्गत हेरिका न्यूस्टार र सिरजिंगा फुटबल क्लबबीच खेल हुनेछ । दुई समूहमा बाँडिएका टिमले तीनतीनवटा लिग म्याच खेल्ने छन् ।

प्रकाशित : मंसिर २५, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?