न्युजिल्यान्ड जितको संघारमा

रोयटर्स

वेलिङ्टन — दुईपल्ट वेस्ट इन्डिजको ब्याटिङ क्रमलाई ध्वस्त पारेपछि पहिलो टेस्टको तेस्रो दिन शनिबार घरेलु टिम न्युजिल्यान्ड जितनजिक पुगेको छ ।

न्युजिल्यान्ड जितको संघारमा

सेडन पार्कमा जेरेमी ब्ल्याकउड र अल्जारी जोसेफले केही सुदृढ प्रदर्श गरेपछि वेस्ट इन्डिजले हारलाई केही समय टारेको छ ।

ब्ल्याकउड ८० रन बनाए भने जोसेफले ५९ रन बनाए, दुवै नटआउट छन् । वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १ सय ९६ रन बनाएको छ । पाहुना टिम आफ्नो पहिलो इनिङ्समा १ सय ३८ रन बनाएर अलआउट भएपछि उसलाई फलो अन गर्न बाध्य भएको थियो ।

यसअघि न्युजिल्यान्डले आफ्नो पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर ५ सय १९ बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । वेस्ट इन्डिजले तेस्रो दिनको सुरुआत भने पहिलो इनिङ्समा बिना कुनै विकेटको क्षति ८५ रनबाट गरेको थियो । तर त्यसयता टिम लगातार पतनको सिकार बन्यो र लगातार अन्तरमा विकेट गुमायो ।

प्रकाशित : मंसिर २०, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?