१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतले जित्यो तेस्रो वान डे

(एजेन्सी)

क्यानबेरा — भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम वान डे बुधबार १३ रनले जितेको छ । भारतको यस सान्त्वना जितसँगै तीन वान डेको सिरिज अस्ट्रेलियाको पक्षमा २–१ रह्यो । घरेलु टिमले यसअघिका दुई वान डे लगातार जितेको थियो ।

भारतले जित्यो तेस्रो वान डे

अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा पाँच विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । एक समय १ सय ५२ रन बनाउँदा पाँच विकेट गुमाएको भारतका लागि हार्दिक पान्ड्या र रविन्द्र जडेजाले जितको आधार तयार पारे ।

उनीहरूले १ सय ५० रनको नटआउट साझेदारी गरे । त्यसमा पान्ड्याले ९२ रन बनाए भने जडेजाले ६६ रनको योगदान दिए । जवाफमा अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ८९ रन मात्र बनाउन सक्यो ।

जिततर्फ अग्रसर देखिएको अस्ट्रेलियाले ७९ रनमा अन्तिम चार विकेट गुमाएको थियो । अस्ट्रेलियाली ब्याट्सम्यानमध्ये कप्तान एरोन फिन्चले ७५ रन बनाए भने ग्लेन म्याक्सवेलले ५९ रन जोडे । म्याक्सवेलको विकेटसँगै अस्ट्रेलिया हारतर्फ अग्रसर रह्यो ।

प्रकाशित : मंसिर १७, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?