कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपालको समर्थन खोज्दै कतार

काठमाडौँ — सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन खोजेको छ ।

नेपालको समर्थन खोज्दै कतार

त्यसकै लागि भनेर कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल आउने भएको छ । त्यसको नेतृत्व कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अबलुनैनले गर्दैछन् ।

नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट्नेछन् र औपचारिक रूपमा आफूहरूलाई सहयोगका लागि अनुरोध गर्नेछन् । सन् २०३० को एसियाली खेलकुद आयोजनाको अधिकार पाउन कतार र साउदी अरेबियाबीच कडा प्रतिस्पर्धा चल्ने भएको छ । साउदी अरेबियाले पनि त्यस संस्करणको एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइसकेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?