१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वेस्ट ह्याम  पाँचौं स्थानमा उक्लियो

एजेन्सी

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा सोमबार एस्टन भिल्लालाई २–१ ले हराएको छ । यससँगै टोली अंक–तालिकाको पाँचौं स्थानम उक्लियो । वेस्ट ह्यामले घरेलु मैदानमा जित निकालेको यो लगातार दोस्रो खेल हो ।

वेस्ट ह्याम  पाँचौं स्थानमा उक्लियो

टोलीका लागि एन्जेलो ओगबोना र जेरोड बोवेनले गोल गरे । भिल्लाका लागि ओली वाटकिन्सन पेनाल्टीमा चुक्नु महँगो साबित भयो । ज्याक ग्रेलिसले लागि एक गोल फर्काए । यससँगै भिल्ला लगातार चार खेलमा जितहीन भएको छ ।

वेस्ट ह्यामको भने यो लगातार तेस्रो जित हो । उसको १० खेलबाट १७ अंक भएको छ । सोमबारको अर्को खेलमा फुलहमले लेस्टर सिटीमाथि २–१ को जित निकाल्यो ।



प्रकाशित : मंसिर १६, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?