१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भारतीय टिममाथि जरिवाना

रोयटर्स

सिड्नी — अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा निर्धारित समयभित्र ओभर पूरा नगरेका कारण भारतीय खेलाडीले खेलको २० प्रतिशत पारिश्रमिक जरिवानामा गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार यो निर्णय गरेको हो । विराट कोहलीको भारतीय टिमले निर्धारित समयभित्र ५० ओभरको बलिङ पूरा गर्न सकेको थिएन ।

भारतीय टिममाथि जरिवाना

म्याच रेफ्री डेविड बुनले यो निर्णय गरेका हुन् । आईसीसीले भनेको छ, ‘कोहलीलाई निर्धारित समयमा सबै ओभर पूरा नगरेको आरोप लागेको छ र उनले यसलाई स्विकारेका छन् । त्यसैले यसबारे थप प्रक्रिया आवश्यक रहेन ।’ सिड्नीको क्रिकेट मैदानमै दोस्रो एकदिवसीय आइतबार हुँदै छ । पहिलोमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो ।

यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको थियो । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटमा ३ सय ७४ रन बनाएको थियो । जवाफमा भारतले ८ विकेट गुमाएर ३ सय ८ रनमात्र बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले १ सय १४ र स्टिभ स्मिथले १ सय ५ रन बनाएका थिए ।

दक्षिण अफ्रिका–इंग्ल्यान्ड

केपटाउन– जोनी बेरिस्टोले अविजित रहेर ४८ बलमा ८६ रन बनाएपछि इंग्ल्यान्डले पहिलो ट्वान्टी–२० मा शुक्रबार दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ । पाहुना टिमले १ सय ८० रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो । न्युल्यान्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटमा १ सय ७९ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डका लागि चौथो क्रममा ब्याटिङ गर्न आएका बेरिस्टोले ९ चौका र ४ छक्का प्रहार गरे । उनी क्रिजमा आउनुअगाडि इंग्ल्यान्ड संकटमा फसेको थियो र टिमले ३४ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । बेरिस्टोलाई ३७ रन बनाएका बेन स्टोक्सले बलियो साथ दिए । उनीहरूले ८.४ ओभरमा ८५ रनको साझेदारी गरेका थिए ।

प्रकाशित : मंसिर १४, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?