१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिटीका लागि मेहरेजको ह्याट्रिक

रोयटर्स

लन्डन — रियाड मेहरेजको ह्याट्रिकमा  म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नलीलाई ५–० ले हराएको छ । घरेलु मैदान एतिहाडमा पेप ग्वार्डिओलाको सिटीले बर्नलीलाई पाँच गोलले हराएको यो लगातार चौथोपल्ट हो ।

सिटीका लागि मेहरेजको ह्याट्रिक

अल्जेरियाली खेलाडी महेरेजले ६९औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । टिमको सुरुआती दुई गोल उनकै नाममा रह्यो । सिटीका लागि बेन्जामिन मेन्डी र फेरान टोरेसले पनि एक–एक गोल गरे ।

सिटीको नौ खेलबाट १५ अंक भएको छ । टोली अझै आठौं स्थानमा रहेको छ । बर्नली भने पाँच अंकसहित लिग तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित : मंसिर १४, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?