कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आईसीसीमा नयाँ अध्यक्ष

रोयटर्स

वेलिङ्टन — न्युजिल्यान्डका ग्रेग बार्क्ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का नयाँ अध्यक्ष चुनिएका छन् । दोस्रो चरणको मतदानपछि उनले विश्व क्रिकेटको सर्वोच्च पद हात पारेका हुन् । उनले भारतका शशांक मनोहरको स्थान लिनेछन् । मनोहरले गत वर्ष आईसीसी अध्यक्ष पद छाडेका थिए ।

आईसीसीमा नयाँ अध्यक्ष

अकल्यान्डमा कानुनी व्यवसायी रहेका बार्क्ले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेट (एनजेडसी) का निर्देशक थिए । उनी अहिले आईसीसीका न्युजिल्यान्डका प्रतिनिधि रहेका छन् । आईसीसी प्रमुख पद सम्हालेयता तटस्थ रहन उनले न्युजिल्यान्ड क्रिकेटको जिम्मेवारी छाड्ने छन् ।

सन् २०१५ को पुरुष विश्वकपमा उनी निर्देशक रहेका थिए । यस्तै उनी न्युजिल्यान्डको नर्थन डिस्ट्रिक्ट क्रिकेट संघका बोर्ड सदस्य र अध्यक्ष रहिसकेका छन् । न्युजिल्यान्ड र अस्ट्रेलियाका व्यावसायिक संस्थाको नेतृत्व गरेको अनुभव पनि उनमा रहेको छ । अध्यक्ष चुनिएयता उनले यो स्थानमा पुग्ने आफ्ना लागि गर्वको उपलब्धि रहेको बताएका छन् । उनले भनेका छन्, ‘म आईसीसीका सबै सदस्यसँग मिलेर साझेदारीमा काम गर्न इच्छुक छु । म विश्व बजारमा क्रिकेटको बलियो उपस्थिति चाहन्छु र यो खेलले अझ विकास तथा विस्तार गरोस् भन्ने चाहन्छु । म आफ्नो जिम्मेवारीलाई लिएर गम्भीर छु र सबै १ सय ४ आईसीसी सदस्य देशको भलाइमा काम गर्न चाहन्छु ।’

प्रकाशित : मंसिर ११, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?