१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

'आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड' को मनोनयनमा पारस खड्का

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

'आईसीसी एसोसिएट प्लेयर अफ द डिकेड' को मनोनयनमा पारस खड्का

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ ।

पारससँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन, पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो ।

१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ ।

खड्का राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए ।

प्रकाशित : मंसिर ९, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?