कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चेसको प्रवर्द्धनमा जी मोटर्स

काठमाडौँ — रेनो गाडीको नेपाली आधिकारिक विक्रेता जी मोटर्सले मखन चेस क्लबसँग चेस प्रतियोगिताको प्रवर्द्धन र विस्तारका लागि सम्झौता गरेको छ ।

चेसको प्रवर्द्धनमा जी मोटर्स

सोमबार राजधानीमा आयोजित कार्यक्रममा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल र मखन चेस क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतामा जी मोटर्सले मखन क्लबले आयोजना गर्ने चेस (बुद्धिचाल) प्रतियोगिताहरूका लागि आवश्यक सहयोग गर्ने उल्लेख छ । ‘बुद्धिचाल नेपालमा मूलधारको खेल हुन सकिरहेको छैन । हामीले क्लबमातहत चेस विकासका हुने कार्यक्रममा सहयोग गर्न यो सम्झौता गरेका हौं । भविष्यमा नेपाली चेसको विकास, विस्तारका साथै हाम्रो कम्पनीको प्रचारलाई पनि लक्ष्य बनाएका छौं,’ सम्झौतापछि जी मोटर्सका प्रबन्ध निर्देशक गेलालले भने ।

सम्झौता तीन वर्षको हुनेछ । यसबीचमा मखन क्लबले आयोजना गर्ने कार्यक्रमको प्रवर्द्धन गर्न जी मोटर्सले आवश्यक सहयोग गर्नेछ । तर रकम भने खुलाइएको छैन ।

मखन क्लबका अध्यक्ष श्रेष्ठले कोभिड–१९ को महामारीका कारण यसपालि प्रतियोगिता गर्न नसकिए पनि नयाँ वर्षको सुरुदेखि नै सिनियरस्तरको प्रतियोगिता गरिने योजना रहेको जानकारी गराए ।

प्रकाशित : मंसिर ९, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?