२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बर्नलीले हात पार्‍यो पहिलो जित

रोयटर्स

बर्नली — इंग्लिस प्रिमियर लिगमा बर्ननीले सोमबार राति यो सिजनको पहिलो जित हात पारेको छ । यसका लागि उसले क्रिस्टल प्यालेसलाई टर्फ मुरमा १–० ले हरायो ।

बर्नलीले हात पार्‍यो पहिलो जित

क्रिस उडले खेलको आठौं मिनेटमा गरेको गोल निर्णायक रह्यो । यो जितपछि बर्नली अन्तिम तीन स्थान छाडेर १७औं स्थानमा उक्लिएको छ ।

उसको अब आठ खेलबाट ५ अंक भएको छ । प्यालेस भने १३ अंकमा दसौं स्थानमा झर्‍यो । सोमबार रातिको अर्को खेलमा उल्भ्सले साउथह्याम्पटनलाई १–१ को रोमाञ्चक बराबरीमा रोक्यो । सब्स्टिच्युट पेड्रो नेटोले उल्भ्सका लागि बराबरी गोल गरे । यसअघि साउथह्याम्पटनले थियो वाल्कटको गोलले अग्रता लिएको थियो ।

पछिल्लो समय लयमा रहेर राम्रो गरिरहेको साउथह्याम्पटनको १७ अंक भएको छ र यससँगै पाँचौं स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेका टोटनहम र लिभरपुलसँग तीन अंकको दूरी मात्र हो । उल्भ्स भने नौ खेलबाट १४ अंकसहित नवौं स्थानमा उक्लिन सफल भएको छ ।


प्रकाशित : मंसिर ९, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?