सोसिडाडको लगातार छैटौं जित

रोयटर्स

म्याड्रिड — स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडले आइतबार राति लिगमा लगातार छैटौं जित हात पारेको छ ।  सोसिडाडले काडिजलाई १–० ले हराएको हो ।

सोसिडाडको लगातार छैटौं जित

सोसिडाडका लागि एलेक्जान्डर इस्कले दोस्रो हाफको मध्यतिर निर्णायक गोल गरे ।

यो जितपछि शीर्ष स्थानमा सोसिडाडको पकड अझ बलियो भएको छ र उसको १० खेलबाट २३ अंक भएको छ । दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडमाथि उसलाई तीन अंकको अग्रता प्राप्त छ ।

तर बाक्स क्लबले एटलेटिकोको तुलनामा दुई खेल बढी खेलिसकेको छ । काडिज भने १४ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । माथिल्लो डिभिजनमा उक्लेयता उसले घरमा जित हात पार्न सकेको छैन ।

प्रकाशित : मंसिर ८, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?