कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बार्सिलोना एटलेटिकोसँग पराजित

एजेन्सी

म्याड्रिड — एटलेटिको म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा बार्सिलोनालाई १–० ले हराएको छ । एटलेटिकोको यो जित बार्सिलोनामाथि १० वर्षयताकै पहिलो हो । 

बार्सिलोना एटलेटिकोसँग पराजित

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रेको गल्तीको फाइदा उठाउँदै यानिक कारास्कोले निर्णायक गोल गरे ।

यो जितपछि एट्लेटिकोको २० अंकसाथ दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना भने ११ अंकसहित १०औं स्थानमा रह्यो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले लिगका आठ खेलमा तीन हार बेहोरिसकेको छ ।

शनिबारको अर्को खेलमा रियल म्याड्रिड पनि भिल्लारियलसँग १–१ को बराबरीमा रोकियो । लिगको लगातार दोस्रो खेलमा रियल अधिकतम अंक बटुल्न असफल रहेको छ । मारिएनो डियाजको गोलमा रियलले अग्रता लिएयता जेरार्ड मोरेनाले भिल्लारियलका लागि बराबरी गोल फर्काएका थिए ।

प्रकाशित : मंसिर ७, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?