सिटीलाई हराएर टोटनहम शीर्षमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीलाई हराएर टोटनहम शीर्षमा

रोयटर्स

लन्डन — जोसे मोउरिन्होको रणनीतिबाट प्रभावित टोटनहमले शनिबार राति इंग्ल्सि प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । पेप ग्वार्डिओलाको टिमविरुद्ध प्रत्येक हाफमा सन ह्युङ–मिन र जियोभानी लो सेल्सोले गोल गरे ।

ह्युङ–मिनले टोटनहमलाई पाँचौं मिनेटमा अग्रता दिलाए र लिगमा यो सिजन उनको नवौं गोल रह्यो । जियोभानीले भने ६५ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । यो जितपछि टोटनहमको २० अंक भएको छ । सिटी भने १२ अंकमा ११ औं स्थानमा सीमित रह्यो ।

मोउरिन्होको पूर्व क्लब म्यानचेस्टर युनाइटेडले अर्को खेलमा वेस्ट ब्रुममाथि १–० को जित रच्यो । त्यसमा ब्रुनो फर्नान्डेजले दोहराएर लिएको पेनाल्टीमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले एस्टन भिल्लालाई २–१ ले हराएको थियो । त्यसमा सोली मार्चले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।

प्रकाशित : मंसिर ७, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

रोनाल्डोको दुई गोलमा युभेन्ट्स दोस्रो स्थानमा

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुई गोलमा युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा कागलिरीलाई २–० हराएको छ । यससँगै टोली अंक–तालिकाको दोस्रो स्थानमा उक्लिएको ।

पोर्चुगाली खेलाडीले टुरिनमा भएको खेलमा ३८औं मिनेटमा पहिलो गोल गरे ।

यससँगै उनले लिगका लगातार पाँच खेलमा गोल गरे । त्यसको चार मिनेटपछि ३५ वर्षीय रोनाल्डोले दोस्रो उत्कृष्ट गोल गरे । यो सिजनको लिगमा उनले आठ गोल गरिसकेका छन् । यो जितपछि युभेन्ट्सले शीर्ष स्थानमा रहेको एसी मिलानसँगको दूरी एक अंकमा छोट्याएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×